कवि शिरोमणी लेखनाथको १सय२९औं जन्मजयन्ती मनाईंदै



सेलेब्रिटी नेपाल पौष १५ -कविशिरोमणी लेखनाथ पौड्यालको १ सय २९ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ। कविशिरोमणीको जन्मजयन्तीको अवसरमा उहाँको जन्मस्थल कास्की लेखनाथमा विभिन्न कार्यक्रम हुँदैछन् ।कवि शिरोमणी लेखनाथ पौडलको जन्मजयन्तीको अवसर पारेर आजै कुन्तीदेवी शिक्षा पुरस्कार प्रदान गरिँदैछ । लेखनाथ नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्येबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने एक जना छात्रालाई दिईने यो पुरस्कार यो बर्ष सपना दाहाललाई प्रदान गरिनेछ ।दाहालले लक्ष्मी उच्च मावि अघौंबाट प्रवेशिका परीक्षामा ६५ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गर्नुभएको थियो । पुरस्कारको राशि नगद १० हजार रुपैयाँ रहेको छ ।
यो बर्षको लेखनाथ साहित्य पुरस्कारबाट वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई आजै सम्मानित गरिँदैछ । दीक्षितलाई आज काठमाडौंमा नेपाली शिक्षा परिषद्सँगको सहकार्यमा पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।नेपाली भाषा, साहित्य, कला, संस्कृतिको विकासमा उल्लेख्य योगदान पुर्‍याउने एक जनालाई लेखनाथ साहित्य प्रतिष्ठानले हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आईरहेको छ । पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ रहेको छ ।कवि शिरोमणी लेखनाथको कास्कीको अर्घौं अर्चलेमा विक्रम संवत् १९४१ साल पौष शुक्ल एकादशीका दिन जन्मेका पोडेलको २०२२ साल फागुन २२ गते ८२ बर्षको उमेरमा निधन भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.