दंगल समीक्षा: आमिरको कुनै जवाफ छैन


सेलिब्रेटी नेपाल काठमाडौँ
dangal-review
कुस्तीको कथा भएकाले सलमान खान अभिनित ‘सुल्तान’ र आमिर खानको ‘दंगल’ एउटै भएको चर्चाले बलिउड एक समय गर्माएको थियो। सोही कारणले गर्दा ‘दंगल’को रिलिजमा ढिलाइ गरिएको अनुमान लगाइदै आइएको थियो। तर, शुक्रबारबाट रिलिज भएको फिल्म ‘दंगल’ले आफूलाई त्यो आरोपलाई कोशै पर राखेको छ। कुस्तीकै कथा भने पनि फिल्म एकआपसमा पटक्कै मेल खाँदैनन्। ‘दंगल’ बेग्लै जादु बोकेको छ।
***
फिल्ममा आमिर खान महावीर सिंह फगटको भूमिकामा छन्। पारिवारिक कारणले राष्ट्रिय च्याम्पियन हुँदाहुँदै पनि आफ्नो करियरलाई अन्तराष्ट्रिय स्तरमा पुर्‍याउन सक्दैनन्। उनले त्यो सपना भविष्यमा जन्मिने छोरामा देख्छन् तर उनी छोराको बाबु बन्दैनन्। उनका लगालग छोरी जन्मन्छन्। यसरी छोरी जन्मिएपछि आफ्नो सपनालाई उनले बिर्सनु नै हितकर सम्झन्छन् र कुस्ती केटा मान्छेले खेल्ने खेल सोचेर बिर्सने प्रयासमा लाग्छन्। एक दिन घरमा उनका दुई छोरी गीता (जाहिरा वसिम) र बबिता (सुहानी भट्नागर)ले दुई केटालाई नराम्ररी कुट्छन्। छोरीहरूको यो हर्कतले महावीरमा आशाको किरण जगाइदिन्छ। उनी भन्छन्, ‘छोराले जितोस् कि छोरीले गोल्ड त गोल्ड हुन्छ।’
यसरी छोराको कारण आफ्नो सपना मरेको ठानेका महावीरले सपनामा अझै ढुकढुकी देख्छन्। उनले अठोट लिन्छन्; छोरीहरूद्वारा अन्तराष्ट्रियस्तरमा देशलाई गोल्ड मेडल जिताउने। उनले चुलाचौकामा सिमित हुने सोचिएका दुई छोरीलाई नयाँ बाटोमा अगाडि बढाउँछन्। त्यसपछि के हुन्छ? त्यही जीवन यात्रामा ‘दंगल’को कथा बगेको छ।
***
फिल्मले कथा भन्छ। कथालाई फिल्ममा कसरी भनिन्छ? त्यसले ठूलो अर्थ राख्छ। एउटा बाबुको छोरीहरूलाई कुस्तीवाज बनाउने कथालाई फिल्ममा दर्शकलाई फिल्मको अवधिभर ढिमिक्क र झिमिक्क नहुने गरी भनिएको छ। यसका लागि फिल्मको पटकथा सशक्त सावित भएको छ, पर्दामा। फिल्मले महावीर र उनका दुई छोरीहरूको मनोदशालाई मिहिन ढंगले केलाउँछ। उमेरसँगै सुरू हुने बाबुछोरीको द्वन्द्व र अन्तराष्ट्रिय स्तरमा मेडल जित्दासम्मको कथालाई हँसाउँदै र समयसमयमा मात्रा पुर्‍याइकन दर्शकलाई भावुक बनाउँदै कथा फिल्मले देखाउँछ। यसरी कथालाई अगाडि बढाउने पटकथा अब्बल छ। पटकथामा प्रत्येक प्लटहरू होशियारीका साथ सटिक ढंगले मिलाइएको छ। फिल्ममा पात्रका मानवीय संवेदना र खेलको ‘हाइ टेन्सन’ सन्तुलित ढंगले पेश भएको छ।

अशेष अधिकारी सेतो पाटि बाट जस्ताको तेस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.