बोक्सी प्रथामा बन्ने भो अग्निदहन


सेलिब्रेटी नेपाल काठमाडौँ
सामाजिक विषयमा आधारित चलचित्र ‘अग्निदहन’को शुभारम्भ गरिएको छ । रिपोर्टर्स क्लबमा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन गरेर समाजको जल्दोबल्दो विषयका रुपमा रहेको बोक्सा बोक्सी कुप्रथालाई लिएर नेपाली चलचित्र अग्निदहन निमार्ण गर्न लागेको जानकारी गराएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समाजलाई परिवर्तन गर्नु छ भने रुढीवादी मान्यताको उन्मुलन गर्नुपर्ने हुन्छ भन्दै समाज बदल्न नसकिने तर समाजको सोच बिचार र मान्यता अवश्य बदल्न सकिने बताए ।

agnidahan-movie
कार्यक्रममा बोल्ने क्रममा अग्निदहन चलचित्रका निर्देशक घनश्याम लामिछानेले यो विषयमा बन्न लागेको चलचित्र पहिलो हुने भन्दै आफुले सक्दो न्याय दिने प्रण गर्दै भने, ‘साहित्यकार, गीतकार, कथाकार, उपन्यासकार लगायतले यो बोक्सी प्रथाको बिषयलाई प्राथमिकता दिएका छैनन्, अब हामी यस विषयलाई गहन भएर चलचित्रमा उर्ताने छौ ।’

यस चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने जिम्मा सगरमाथा टेलिभिजन एव्म नेपाल दर्शन टेलिभिजन अमेरिकाका सिइओ रामचन्द्र खरेलले यस्ता चलचित्र बनेकोमा खुसि व्यक्त गर्दै भने “नेपाली समाजमा रहेका कुप्रथालाई हटाउन सबैले आ आफ्नो ठाँउबाट लाग्नु पर्छ । ” गैर–सरकारी महासंघ नेपालका वरिष्ठ उपाध्याक्ष कृष्ण गौतम, गायिका तुलसा जिसी, श्रीभद्र पौडेल लगायतले आफ्ना कुरा राखेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.