संगीतकार बाट गायकको परिचय बनाउदै बिक्रम


bikram-suwal
नेपाली गीत संगीतमा लाग्न चाहने युवा युवतीको कमि छैन यहाँ चाहना मात्र गर्ने र साधना नगर्ने र रहर मात्र गर्ने हरुको भिड छ । यसै भिडमा बिगत १६ वर्ष देखि संगीत सिक्दै र साधना गर्दै आएका गायक तथा संगीतकार बिक्रम सुवाल नयाँ गीत लिएर दर्शक श्रोता माझ आउंदै छन् । बिक्रमको संगीतमा थुप्रै चर्चित गायक गायिका हरुले गीतगाइ सकेका छन् ।

स्वरूपराज आचार्य,प्रमोद खरेल,शिब परियार,रजीना रिमाल,धर्मेन्द्र सेवान लगाएतका गायक गायिकाको लागि संगीत भरि सकेका बिक्रम अब गायकको रुपमा आफ्नो परिचय बनाउन चाहन्छन् । रामगोपाल आशुतोशको शब्द तथा सुरेन्द्र श्रेष्ठको संगीतमा विक्रमको सुमधुर आवाजमा सजिएको गीतको रेकर्डिङ सकिएर म्युजिक भिडियो निर्माण हुने क्रममा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.