बलीउड अभिनेता शत्रुघन सिन्हा नेपालमा


सेलिब्रेटी नेपाल काठमाडौँ
satrughan-sinha-nepal
बलीउडका चर्चित अभिनेता शत्रुघन सिन्हा नेपाल आएका छन् । उनि मंगलबार दिउसो चार बजे नेपाल आईपुगेका हुन् ।
बुधवार राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’मा सहभागिता जनाउँदै आफ्नो बायोग्राफी पुस्तक ‘एनिथिङ् बट खामोस्’को नेपालमा सार्वजनिक गर्न काठमाण्डौ ओर्लिएका हुन् ।उनले त्रिभुवन विमानस्थलको अती विशिष्ट कक्षमा पत्रकारहरुसँग भेटघाट समेत गरेका छन् । पत्रकारसँग कुरा गर्दै सिन्हाले आफु पशुपतिनाथको कृपाले स्वस्थ रहेको बताए । उनले आफु बेला-बेलामा नेपाल आईरहने गरेको पनि खुलाए ।

शत्रुघनले बुधवार आयोजना हुने अवार्ड समारोहमा आफ्नो पुस्तक सार्वजनिक गर्नेछन् । सिन्हाका अनुसार उक्त पुस्तकमा उनको चलचित्र यात्रा तथा राजनैतिक यात्राबारे विस्तृतमा खुलाईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.