घामपानीमा दयाहाङ र केकी हाइलाइट्स नेपालपनि चलचित्र निर्माणमा


dayahang-rai-keki-adhikari
अभिनेता दयाहाङ राई र अभिनेत्री केकी अधिकारीलाई मुख्य भूमिकामा राख्दै नेपाली चलचित्र ‘घामपानी’को घोषणा गरिएको छ। संचारकर्मी दीपेन्द्र लामाले निर्देशन गर्ने यो चलचित्र अन्तरजातिय कथामा आधारित हुने जानकारी मण्डला थिएटरमा आयोजित पत्रकार सम्मेलनमा दिइयो।

‘घाम पानी’ हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्शनको प्रस्तुतीमा सिनेमा आर्ट प्रालिले निर्माण गर्न लागेको हो। चलचित्रको सुटिंग असोज ६ गतेबाट गरिने बताईएको छ। चलचित्रमा दयाहाङ राई तामाङ युवकको भूमिकामा र केकी अधिकारी बाहुन युवतीको भूमिकामा देखिने छन्। फरक जातीका युवा र युवतीको प्रेम पछि पारिवारमा देखिने उतारचढावको कथामा यो चलचित्र तयार हुनेछ। दयाहाङ र केकीको साथमा वुद्धि तामाङ, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ लगायतका कलाकारको चलचित्रमा अभिनय रहनेछ।

ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचनको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुनेछ। वाल्मिकी पोखरेल र मणिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन्। चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन, कालिप्रसाद बास्कोटा र चन्द्रकुमार श्रेष्ठको संगीत रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.