नेपाली साइन्स फिक्सन चलचित्र बिजुलीमसिन भदौ ३१ गतेबाट


सेलीब्रेटी नेपाल काठमाडौँ
नेपालकै पहिलो साइस फिक्सन चलचित्र ‘बिजुली मसिन’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार सम्मेलन गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्रका निर्देशक नविन अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीहरुमा देखिएको असहजता र अभावको दैनिकीलाई चलचित्रले कलात्मक ढंगले देखाईएको बताए।
Bijuli-machine
‘बिजुली मसिन’ लाई सिलौटी इन्टरटेनमेन्टको व्यानरमा रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेका हुन् । चलचित्रमा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय रहेको छ। चलचित्रमा महानायक राजेश हमाल विशेष भूमिकामा देखिनेछन्। नविनकै लेखनमा तयार भएको चलचित्र आउँदो भदौ ३१ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.