हात्ती माथी एक्सन नायक निखिल


सेलीब्रेटी नेपाल काठमाडौँ
चलचित्र भैरव बाट कमब्याक गरेका निखिल उप्रेतीको अभिनय रहेको नया चलचित्र ‘निर्भय’को छायांकन अहिले चितवनको सौराहा स्थित बाघमारा सामुदायिक वनको आसपासमा भइरहेको छ । चलचित्रको ८० प्रतिशत छायांकन काठमाडौं सकेर चलचित्र युनिट बाकी २० प्रतिशत छायांकनको लागि चितवन पुगेको हो । अहिले चलचित्रको चितवन राष्ट्रिय निकुञ्ज भित्र एक्शनका दृष्यहरुको धमाधम छायांकन भइरहेको छ भने चलचित्रको एउटा गीतको छायांकन समेत चितवनमा नै गरिने छ ।
nikhil-nirbhaya
साहसिक नायक निखिल उप्रेतीले यो पटक चलचित्र ‘निर्भय’मा खतरनाक उडेको दृष्य दिएका छन् । दुई हात्तीको पिठ्यूँमा बसेर उनले चलचित्रमा केहि फरक एक्शन दिनको लागि आफुले पुरै ज्यान लगाएर काम गरेका छन् । निखिल उप्रेती भन्ने बितिकै दर्शकले केहि फरक एक्शन चाहेको भन्दै यस चलचित्रमा पनि उनले फरक एक्शन दिन खोजेको बताए । एक्शन निर्देशक हिमाल केसीले निखिल लाइ निर्देशन गरि रहेका छन् ।

चलचित्रलाई चितवनकै युवा निर्देशक मधुसुदन भट्टराईले निर्देशन गरेका छन् प्रसिद्धि सिने आट्सको पहिलो प्रस्तुति रहेको निर्भयलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन् चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती, नीता ढुंगाना ,शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.