हिरो रिटर्न्समा रेखा र सबिनको जोडी


सेलिब्रेटी नेपाल काठमाडौँ
रघुनाथ सापकोटा
केहि बर्ष पहिले नायिका रेखा थापाले आफ्नो ब्यानर भन्दा बाहिर गएर काम नगर्ने घोसणा गरेकी थिइन् । उनको घोसणा लामो समय टिक्न सकेन यस बर्ष मात्र नायिका रेखाले दुइ वटा चलचित्रमा काम गर्ने भएकी छिन् । उनि अभिनित ‘पलाँस’ प्रदर्शनको पर्खाइमा रहेको छ भने नायक सबिन श्रेष्ठको चलचित्र ‘हिरो रिटर्न्स’ अब फ्लोरमा जाने तयारीमा रहेको छ । नायक सविन श्रेष्ठको प्रस्तुती रहने चलचित्र ‘हिरो रिटर्न्स’को औपचारिक घोषणा गरिएको छ । काठमाण्डौमा औपचारिक कार्यक्रमको आयोजना गर्दै नायक सविनले चलचित्र बन्न लागेको घोषणा गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, रेखा थापा, सरोज खनाल, दिल श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् ।
Rekha-thapa-sabin-shrestha
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक उज्ज्वल घिमिरे, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले सविन र टिमलाई शुभकामना दिएका थिए । चलचित्रका निर्माता चन्द्र गौतमले ‘दमदार’पछि दोश्रो चलचित्र निर्माणमा उत्रिएको बताए । चलचित्रमा सहदेव गौतम र भिम न्यौपानेको पनि लगानी रहनेछ । चलचित्रको निर्देशन आशिष भेटवालले गर्दैछन्, जो यतिबेला अष्ट्रेलियामा छन् । कमेडी एक्सन जनरामा बन्ने चलचित्रमा नवराज शर्मा मुख्य सहायक निर्देशक रहेका छन् । शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहनेछ ।
hero-returns-group