रोमान्टिक कमेडी कथामा बन्ने भयो हिटलर


hitlar-movie
अष्टनारायण पिक्चर्सले चलचित्र ‘हिटलर’को निर्माण गर्ने भएको छ । रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन् । चलचित्रको निर्देशन सौरभ ढकालले गर्न लागेका छन्, जसले यसअगाडि चलचित्र ‘सुपरहिट’ निर्देशन गरेका थिए । चलचित्रको मुख्य भूमिकामा नायक सोहित मानन्धर फाइनल भएका छन् । उनको अपोजिटमा अभिनय गर्ने नायिका भने पक्का गरिएको छैन । निर्देशक ढकालले केही दिनमै नायिका सहित पत्रकार सम्मेलनको आयोजना गर्ने बताए ।

चलचित्रको छायांकन ए.आर पौडेलले गर्दैछन् । उनी यतिबेला बलिउड चलचित्र नगरिमा व्यस्त रहेको जानकारी निर्देशक ढकालले दिएका छन् । उनका अनुसार ए.आरले हालसम्म थुप्रै अन्तरराष्ट्रिय प्रोजेक्टका साथमा बलिउडमा काम गरिसकेका छन् । लोचन घिमिरे चलचित्रका संगीतकार हुन् । किच्चमान चित्रकार चलचित्रका लेखक हुन् । चिनिमाया मानन्धर निर्माता रहने चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहनेछन् । लोचन घिमिरे र सौरभ ढकाल चलचित्रको सह-निर्माता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.