महानायक महिला बनेको शकुन्तला ट्रेलर सार्बजनिक


सेलीब्रेटी नेपाल काठमाडौँ
poster shakuntala
महानायक राजेश हमाल महिलाको भूमिकामा प्रस्तुत भएको नेपाली चलचित्र ‘शकुन्तला’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । भाद्र १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलरमा राजेश हमालले महिलाको रुप लिएर थुप्रै गुण्डाहरुलाई पिटेका छन् भने नायक किशोर खतिवडाको पनि दमदार एक्शन देख्न सकिन्छ । दिनेश श्रेष्ठ निर्देशित ‘शकुन्तला’मा राजेश हमाल, अनु शाह, किशोर खतिवडा, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठ लगायतको अभिनय रहेको छ । सस्पेन्स कथाबस्तु भएको यो चलचित्र श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको हो । यस चलचित्रमा अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.