प्रचार प्रसारमा कलाकारको साथ नपाएको ‘बीर विक्रम’लाई महानायकको साथ


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली कलाकारहरुले चलचित्र प्रदर्शनको बेला प्रचार प्रसारमा समय दियनन भनेर निर्माता निर्देशक हरुको गुनासो विभिन्न समयमा आउने गरेको छ यस्तै गुनासो केहि दिन अघि चलचित्र ‘बिर बिक्रम’को पनि आएको थियो यही भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘बीर विक्रम’लाई महानायक राजेश हमालले भने शुभकामना दिएका छन्। ‘बीर विक्रम’को चर्चासँगै उनले बुधबार भिडियो सहित चलचित्र टोलीलाई शुभकामना दिएका हुन्।
bir-bikram-nepali-movie
यस अघि हमालले निर्माता तथा निर्दशक मिलन चाम्स सँगसँगै ‘हसियाँ’मासँगै काम गरिसकेका छन्। मिलन चाम्स आफ्नो मिल्ने साथी र मनपर्न निर्देशक रहेको भन्दै उनले सबैले चलचित्र हेरिदिनलाई भिडियोमार्फत आग्रह समेत गरेका छन्। च्याम्स ईन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई,अनुपम बिक्रम शाही, अर्पण थापा, दिया पुन र नाजिर हुसेन मूख्य भूमिकामा देखिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.