देखा परिन रिया



सेलेब्रिटी नेपाल पौष १२- मन मुटु र माया नामक चलचित्रमा देखा परेर एका एक हरायक नायक तथा निर्माता सुजित कुमार केहि बर्षको जापान बसाई पछि नेपाल फर्कियर निर्माण गरेको चलचित्र रिया प्रदर्शन हुने समय नजिकिंदै गर्दा निर्माण युनिट प्रचार प्रसारमा उत्रियको छ । युवतीको नामलाई आधार बनाएर शिर्षक तय गरिएको रिया को शिर्ष भुमिकामा नव कलाकार अश्मिता कडेल देखिदैछिन् । उनका अलवा चलचित्रमा रामेश्वर बुर्लाकोटी, भुपेन्द्र खड्का, मनिष केसी,निर्माता सुजित कुमारको मुख्य भुमिका छ । चलचित्रको लेखन, निर्माण तथा निर्देशन सुजित कुमारले गरेका हुन् । एक युवतीको प्रेममा एकतर्फी परेको केटाले गर्ने विभिन्न क्रियाकलापलाई चलचित्रले देखाउन खोजेको छ । यो चलचित्र साइको थि्रलर कथावस्तुमा आधारित रहेको बताईयको छ । चलचित्र यहि फागुन १८ गते बाट प्रदर्शन मा आउन लागेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.