अटोग्राफ दिन भ्याई नभ्याई


सेलीब्रेटी नेपाल काठमाडौँ
Ram-gautam
दुइ दर्जन भन्दा बढी चलचित्र निर्देशन गरिसकेका निर्देशक शोभित बस्नेत यति बेला स्कुलमा ब्यस्त बनेका छन् उनि स्कुलमा पढाउन होइन आफ्नी सिनेमा देखाउनमा ब्यस्त छन् उनि निर्देशित चलचित्र टिचर स्कुल स्कुलमा शो गरेर शोभितलाइ भ्याई नभ्याई भइरहेको छ । चलचित्र हलमा प्रदर्शन नभएपनि च्यारिटीकै कारण निर्देशक शोभित बस्नेतले ‘टिचर’बाट राम्रै आम्दानी गरेका छन् ।

देशका विभिन्न स्कुलमा यो चलचित्रको च्यारेटी शो भैसकेको छ । यही क्रममा काठमाण्डौको कोटेश्वर स्थित सरस्वति माध्यमिक बिद्यालयमा चलचित्र शो हुँदै गर्दा चलचित्रका कलाकार राम गौतम पनि भेटिए । चलचित्र हेरेर निस्किएका बिद्यार्थीहरुको प्रतिक्रिया लिने र अटो ग्राफ दिने काममा व्यस्त बनेका कलाकार राम गौतम निकै खुसि देखिन्थे । आफ्नो काम दर्शकले मन पराइ दिंदा कलाकारलाइ खुसि लाग्नु त स्वाभाविक नै हो । चलचित्र टिचर बाट निर्देशक शोभित बस्नेतले सबै तिर बाट तारिफ पाई रहेका छन् । चलचित्रमा राम गौतमको अलावा कुशल थापा, भानु प्रताप,सलिना बस्नेत, उमा कार्की, पुरन थापा, सीपी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.