कालो बादल र अन्धकार लाइ चिर्दै आए बिराज (भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
biraj-bhatta-parashuram
नायक विराज भट्टको नेपाली चलचित्रमा कमब्याक भएको छ । पछिल्ला वर्षहरुमा ‘भोजपुरी’ चलचित्रमा व्यस्त रहेका भट्ट ‘जय परशुराम’बाट नेपाली चलचित्रमा कमब्याक भएका हुन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमकाबीच चलचित्र जय परशुरामको ट्रेलर तथा गीत सार्वजानिक गरिएको छ । जसमा भट्टको जवरजस्त एक्शन भूमिका देख्न सकिन्छ । सार्बजनिक ट्रेलरमा बिराजको एक्सन सहित दमदार डाइलगहरु देख्न र सुन्न सकिन्छ नायक निखिलको कम ब्याक चलचित्र भैरव पनि एक्सन थियो भैरव बाट निखिल सफल भए जय परशुराम बाट बिराज कति सफल हुन्छन त्यो त भबिस्यले नै बताउने छ ।

चलचित्रमा बिराज भट्टसँगै नायिका निशा अधिकारी र रविन तामाङ प्रज्वल गिरिको पनि मुख्य अभिनय रहेको छ । ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रम सो चलचित्रका निर्माता र निर्देशक रोज राणाले नेपाली दर्शकलाई मन पर्न खालको चलचित्र बनाएको र दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको दावी गरेका छन् । बालाजी फिलिम्स्को ब्यानरमा तयार भएको चलचित्र यही साउन २८ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.