बन्ने भो चलचित्र दीपज्योति


सेलीब्रेटी नेपाल काठमाडौँ
deepjyoti
नेपाली चलचित्रको बजार जस्ताको त्यस्तै भए पनि निर्माण कार्यभने घटेको छैन एउटा अर्को नयाँ चलचित्र ‘दिपज्योती’को शुभ मुर्हत गरिएको छ । शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा उद्योग राज्य मन्त्री मेघराज नेपालीले दिप प्रज्वलन गरेर चलचित्रको शुभारम्भ गरे। एनपि फिल्मस् प्रोडक्सनको छैटौ प्रस्तुतिमा अनिस कुमार मैनाली प्रस्तुतकर्ता रहेको चलचित्र ‘दिपज्योती’मा निर्माता मिरा बाँनीयाक्षेत्री खड्का, बसरुदिन अन्सारी रहेका छन् ।

त्रिकोणत्मक प्रेमकथामा आधारित चलचित्र ‘दिपज्योती’ले सडक बालबालीकाले पनि देश र समाजका लागी महत्वपुर्ण भुमिका निर्बाह गर्न सक्छन् भन्ने बिषय कथामा उठाउन खोजेको छ । राजु अयालको निर्देशन रहने चलचित्र ‘दिपज्योती’मा कलाकारहरु प्रमोददिप, दिपेन्द्र कोइराला, प्रज्वल गिरी, कसिस दाहाल आनन्द पुन, जेनिसा केसी ,वासना शाही र बालकलाकार आर्सन खड्का ,प्रिती चापागाई रहेका छन् भने संगीत सचिन गिरी , द्धन्द्ध सम्रट बस्नेतको रहनेछ । यही ५ गतेबाट चलचित्र छायाँकनमा जाने निर्माण पक्षले जानकारी दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.