बुबालाई सम्झदै अबुनले आँखामा आएका आँशु रोक्नै सकिनन् (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
abun-pande
अष्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहाल र गायिका अबुन पाण्डेको कर्णप्रिय गीत केवल तिम्रो यादमाको भिडियो सार्बजनिक भएको छ । अमेरिकामा बस्दै आएका गीतकार रमेश दहालको मन छुने शब्द “ केवल तिम्रो यादमा’’ मा बनेको अनप्लग गीत जीवन रसाइलीको निर्देशनमा म्युजिक भिडियोको अस्ट्रेलियामा निर्माण भएको हो। बिदेशी भूमिमा बसेर पनि गायन क्षेत्रमा अनवरत रुपमा लागेकी अबुन, गायनको छोटो अवधिमै चर्चामा छिन् । आफ्ना चर्चित गीतहरु मध्ये ‘केवल यादमा तिम्रो’ गीत अत्यन्तै कर्ण प्रिय वियोगान्त गीत रहेको उनको भनाई छ।

“यो गीत जसले जसरि बुझ्दा पनि हुन्छ तर मैले यो गीत गाउँदा मेरा स्वर्गबासी बुबालाई सम्झन पुगे र आँखामा आएका आँशु रोक्नै सकिन जसका कारण गीत रेकर्ड गर्दा र म्युजिक भिडियो सुटिंग गर्दा दुवै क्षण म वास्तबमै रोएँ । यो गीतले जीवनमा आइपर्ने विभिन्न प्रकारका बिछोडलाई प्रतिनिधित्व गर्नसक्छ । गीतमा गीतकारले घर-परिवार, साथी-संगी र प्रेमी-प्रेमिका बिचको प्रेमिल सम्बन्धमा आउने वियोगान्त मोडलाई सरल, सहज तर गम्भीर ढंगबाट प्रस्तुत गर्न सकेको, संगीतकार टिकाले अत्यन्तै परिस्कृत ढंगले कर्ण-प्रिय संगीत भरेको र म्युजिक भिडियो निर्देशक जीवन रसाइलीले यसलाई जीवन्त रुपमा प्रस्तुत गर्न सकेको र सुरन्सन कक्षपती लगाएत टीमले प्रभावकारी फिचरिंग गरिएको यो गीत वास्तबमै राम्रो बनेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.