टिनेज माघ २१ गते बाट हलमा


सेलिब्रेटी नेपाल काठमाडौँ
दुई दशकदेखि चलचित्र नृत्य निर्देशनमा सक्रिय दिनेश पाख्रीनले निर्देशन गरेको चलचित्र ‘टिनेज’ माघ २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । स्व.बसन्तजंग रायमाझीको कथा, दिनेश पाख्रीनको पटकथा तथा निर्देशन रहने चलचित्रमा नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, सरिता राजोपाध्याय, अजय खड्का, कृष्ण सिवाकोटी निर्मल लामा लगायतको अभिनय रहेको छ । चिनिमाया वाइवा, देविका खड्का,बिरु मगर चलचित्रका निर्माता हुन् ।
teen age
सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश गोदार, दिक्षा पाखि्रन, सोम लामा, लिगेस भट्टराईको नृत्य, राजु किरातीको एक्सन रहनेछ । चलचित्रमा बसन्त सापकोटा र बिकाश चौधरीको संगीत रहेको छ । गोपाल कायस्थ र नरेन्द्र महर्जन (एफ.डी.)ले डिस्ट्रिब्युसन गर्ने चलचित्रले युवा पुस्ताको कथामा निर्माण भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.