सेलीब्रेटी नेपाल काठमाडौँ
‘मै ठूली भइछु रे’ बोलको गीत गाएर चर्चामा आएकी गायिका रेश्मा सुनुवार विवाहवन्धनमा बाँधिएकी छन्। उनले बिहिबार जर्मन निवासी लब्साङ् तेन्दरसँग विवाह गरेकी हुन्। रेश्माको यो दोस्रो विवाह हो। रेश्माको एक छोरा छन् जो संगीत पढिरहेका छन्। बिहिबार भएको विवाह समारोहमा रेश्माका आफ्न्त र संगीत क्षेत्रमा उनीसँग निकटहरू उपस्थित थिए। बिबाह पार्टीमा रेश्माका सहकर्मी संगीतकार तथा गायक र केहि संचारकर्मीको उपस्थिति रहेको थियो । केहि समय पहिलेदेखी रेश्माले आफू फेरी विवाह गर्ने सोचमा पुगेको बताउँदै आएकी थिइन्।