कान्छा युवा निर्देशक को पहिचान बनाऊदै कुबेर



सेलेब्रिटी नेपाल पौष ११-नेपाली चलचित्र निखिल दाई बाट बाल कलाकारका रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका कुबेर दंगाल अब निर्देशक को रुपमा आफ्नो परिचय बनाउन कार्य गरि रहेका छन् । प्लस टु अध्यन गर्दै गरेका कुबेर यति खेर ब्याड कम्पनि नामक डकुमेन्ट्री सुटिंग मा ब्यस्त छन् युवा हरु कसरि लागु पदार्थ दुर्व्यसनीमा फस्छन र कसरि बच्ने भन्ने कुराको जागरण दिने सोचाइका साथ उक्त डकुमेन्ट्री निर्माण गर्न लागियको कुबेर ले बताय । भर्खर सोह्र बर्ष पुगेका कुबेर लाई कसरि यस्तो सोच आयो र निर्देशन जस्तो गार्हो कार्यमा किन हात हाल्नु भयो भनि सोद्धा उनि भन्छन “मैले बाल कलाकार को रुपमा ठुलो पर्दा र सानो पर्दाका थुप्रै चलचित्र हरुमा अभिनय गरें अनि हाम्रो उमेरका साथी हरु लागु पदार्थ दुर्व्यसनीमा फसेको धेरै देखेर उनि हरुको बिसयमा जानकारी लियर र नार्कोनन नामक संस्था बाट लागु पदार्थ दुर्व्यसनीमा फसेका हरु लाई उद्दार गरेको देखेर म प्रभाबित भयं र यो प्रोजेक्ट सुरु गरेको हुं “यो डकुमेन्ट्री लाई स्कुल र कलेज हरु मा लगेर प्रदर्शन गर्ने उनको योजना छ ।