सेलीब्रेटी नेपाल काठमाडौँ
नेपाली लोक गीत नेपाली सुगम सांगेत अनि अभिनयमा समेत पोख्त दुर्गेश थापाको नयाँ गीत सार्बजनिक भएको छ। ‘कि दुर्गेश रेलमा,कि दुर्गेश जेलमा’ बोलको गितमा शब्द, संगीत तथा गायन दुर्गेश थापाकै रहेको छ भने र्याप बादल थापाले दिएका छन । हिन्दी शब्द समेत समाबेश गरिएको गितको भिडियोलाई क्रान्ति के सी ले निर्देशन गरेका हुन । अर्जुन तिवारीले छायांकन गरेको भिडियो लाइ निर्देशक क्रान्तिले नै सम्पादन गरेका हुन् । महङ्गो बजेटमा निर्माण गरिएको भनिएको भिडियोमा दुर्गेश थापासंगै नायिका रिमा विश्वकर्मा तथा प्रेम चन्द ठकुरीको अभिनय तथा नृत्य छ ।