सुनिल थापा र दिनेश डिसीलाई हरीतारा चलचित्र पुरस्कार


सेलेब्रिटी नेपाल पौष ११-चलचित्र संग सम्बन्धित रहेर २०५२ सालमा निजी क्षेत्रबाट पहिलो पटक स्थापना गरियको हरितारा चलचित्र पुरस्कार यो वर्ष कलाकार सुनिल थापा र दिनेश डी सी लाई प्रदान गरिने भयको छ।
गुठीका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको बैठकले विगत तीन दशकदेखि नेपाली चलचित्रमा खलनायकको भूमिका निर्वाह गर्दै चलचित्र उद्योगलाई पुर्‍याएको योगदान र समर्पण गरेका थापालाई र विगत अढाइ दशकदेखि नेपाली संचार एवं चलचित्र क्षेत्रमा कार्यक्रम प्रस्तोता, अभिनेता एवं निर्देशकको रुपमा आफ्नो कला प्रस्तुत गर्दै पुर्‍याएको योगदानका लागि डिसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

गुठीका सदस्य सचिव मोहन निरौलाले दिएको जानकारी अनुसार पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ । गुठीले यसअघि मह जोडी, शान्ति मास्के, शिव श्रेष्ठ, रविन्द्र खड्का, जयनन्द चन्द ठकुरी, वसुन्धरा भुसाल, सकुन्तला शर्मा, मिनाक्षी आनन्द, विश्व बस्नेत, श्रीकृष्ण श्रेष्ठ, दीपकराज गिरी र दीपाश्री निरौलालाई हरितारा चलचित्र पुरस्कारले सम्मान गरिसकेको छ । पुरस्कार माघ महिनाको तेस्रो हप्ता भित्र प्रदान गरिने छ ।