सेलीब्रेटी नेपाल काठमाडौँ
गायक तथा म्युजिक भिडियो निर्देशक संशान कडेँलेको निर्देशनमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक सुवास पराजुलीको स्वरमा रहेको रुपकी रानी बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । सुवासका साथमा इन्दिरा जोशीले पनि गीतमा स्वर दिएकी छन् । गीतको भिडियोमा मोडल पल शाह र मोनालिशा पराजुलीको अभिनय छ । मोनालिसा गायक सुवासकै छोरी हुन् । बाबु छोरी नै सांगितिक क्षेत्रमा जम्ने यो गतिलो संकेत पनि हो।
अर्जुन तिवारीले छायांकन गरेको भिडियो लाइ निशान घिमिरेले सम्पादन गरेका हुन् ।