फेरी बन्ने भो दर्पणछायाँ ! नयाँ कलाकारको बाहुलियता


सेलीब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र नियमित हेर्ने दर्शकको लागि दर्पणछायाँ नयाँ नाम होइन १६ बर्ष अघि बनेर ब्यबसायिक रुपमा निकै नै सफल भएको चलचित्र दर्पणछायाँ फेरी निर्माण हुने भएको छ । बरिस्ट निर्देशक तुलसी घिमिरेले निर्देशन गर्ने चलचित्रको राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी चलचित्रको शुभमुहर्त गरिएको छ । शुभमुहर्त कार्यक्रमको सुरुवातमा शंख फुकेर स्वस्ती वाचन गरिएको थियो । यसपछि, चलचित्रका मुख्य कलाकारले गीतमा नृत्य गरे । ‘दर्पणछायाँ’मा समावेश ‘लहनाले जुरायो कि’को साथमा ‘दर्पणछायाँ २’मा समावेश ‘दर्पणमा छायाँ कति राम्रो ?’ बोलको गीतमा नृत्य गरेका हुन् । त्रिकोणात्मक प्रेम कथा रहेको चलचित्रमा मोडल पुष्प खड्काका साथमा २ नयाँ नायिका साहरा कार्की र श्रद्धा प्रसाइको मुख्य भूमिका रहनेछ ।
darpan-chaya-2
तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बन्ने यो चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोपसाङ लामा हुन् । सवु कार्की र रवि कार्की निर्माता रहने चलचित्रमा शिव ढकाल र रामेश्वर कार्कीको छायांकन, भारती घिमिरे एसोसियट निर्देशक रहनेछन् । रञ्जित गजमेर र चन्दन लोम्जेलको संगीत चलचित्रमा रहनेछ । चलचित्रमा सरोज खनाल, वीएस राना, शेर वहादुर, सुमन घिमिरे, जीवन आचार्य, अशिम शेर्पा, फिरोज तिमिल्सिनाको पनि मुख्य भूमिका रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.