किराँत राई चलचित्र महोत्सब पहिलो पटक धरानमा



सेलिब्रेटी नेपाल धरान

किरात राईहरुको भाषा, कला र संस्कृतिलाई चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्येश्यले धरानमा पहिलोपटक किरात राई चलचित्र महोत्सव–०७३ आयोजना गरिएको छ । धरान स्थित सैनिक भवनमा शुरु भएको दुई दिने चलचित्र महोत्सवको आयोजना किरात राई चलचित्रकर्मी संघले गरेको हो । ‘किरात राई, भाषा, कला र सांस्कृतिक प्रवद्र्धन किरात राई चलचित्रको निर्माण’ भन्ने नाराकासाथ पहिलोपटक महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी गराएको छ ।
Film-festival-rai-kirat
महोत्सवको उद्घाटन नेपाल चलचित्र बोर्डका अध्यक्ष राजकुमार राईले गरेका छन् । राज्यले मुलधारका चलचित्रलाई मात्रै महत्वका साथ हेर्ने गरेको, ठूलो धनराशी खर्च गरेर अवार्ड वितरण गर्ने गरेको, पुरस्कृत गर्ने गरेको भन्दै राज्यको विभेदकारी नीतिको विरोध र खण्डन गर्दै चलचित्र आफ्नो समुदायसम्म पुर्याउनको लागि महोत्सव आयोजना भएको किरात राई चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष दिवाज राई किरातीले बताएका छन् । महोत्सव अगाडि महोत्सवमा विभिन्न किराती झाकी, साकेला नाचकासाथै अन्य किराती सांस्कृतिक नाचको प्रदर्शन समेत गरिएको थियो । महोत्सवको पहिलो दिन शनिवार डिक वान्तवा राईले निर्देशन गरेका किरात राईहरुको चलचित्र सिम्मा, रविना खालिङ्ग राईले निर्माण गरेका आशु र युवराज राईले निर्माण गरेका रिसिम चलचित्र प्रदर्शन गर्नुका साथै केशव राईले निर्माण गरेका राईहरुको सस्कृति झल्कने सेग्रो डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो । महोत्सब दुइ दिन सम्म चल्नेछ।