दीमाग लगा दीमाग भन्दै लुट २ को घोसणा संगै टिजर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
Dayahang-richa
सुपर हिट चलचित्र ‘लुट’को सिक्वेल ,लुट २, को घोसणा संगै टिजर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘लुट २’ को टिजर सार्वजनिक गरेको हो । चलचित्रको छायांकन अगावै सार्बजनिक टिजरले चलचित्र क्षेत्रमा आशा जगाएको छ । चलचित्रमा पुरानै टिम दोहोरिएको छ निर्देशक निश्चल बस्नेत निर्माता द्वय माधव वाग्ले र नरेन्द्र महर्जन तथा कलाकारमा दयाहाङ राई,सौगात मल्ल,कर्मा,ऋचा शर्मा,बिपिन कार्की,सुशील राज पाण्डे लगाएतका रहेका छन् ।
loot-2-team
चलचित्र अब छिट्टै फ्लोरमा जाने छ भने यसै बर्षको फागुन १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ भने चलचित्रले लुट ले छोडेको कथा र पात्र लाइ नै निरन्तरता दिने छ । कार्यक्रममा बोल्दै निर्देशक निस्चलले चलचित्र पूर्ण मनोरन्जनात्मक बन्ने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.