नायिका प्रियंकाको ४० दिनको कमाई सय करोड


priyanka-chopra
वलिउड र हलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले अबको ४० दिनमा १ सय करोड रुपैँया कमाउने भएकी छिन् । पूर्व मिस वर्ल्ड समेत रहेकी अभिनेत्री प्रियंका चोपडाको चर्चा र व्यस्तता अहिले बलिउडमा भन्दा पनि हलिउडमा बढ्दै गइरहेको छ । हलिउडबाट करिब डेढ महिनाको लागि वलिउड पुग्न लागेकि अभिनेत्री प्रियंकाले ४० दिनको अवधिमा १ करोड भन्दा बढी पैसा कमाउने भएकी हुन ।उनले करिब २४ वटा विज्ञापनमा अभिनय गर्ने बताइएको छ जसबाट उनले करिब १०० करोड भारू कमाउने छिन् । प्रियंकालाई विज्ञापनमा लिन कुरिरहेका कम्पनीहरूको लर्को लामो भएपनि उनले हिन्दी फिल्म के गर्छिन भन्ने कुराको निधो भने हुन्छै सकेको छैन ।अमेरिकन टिभी सिरिज ’क्वान्टिको’मा अभिनय गरेपछि पाएको चर्चाले उनको चिनारीले बलिउडको घेरा नघिसकेको छ । हाल अमेरिकामा रहेकी प्रियंका लामो अमेरिका बसाइपछि करिब डेढ महिना अर्थात ४० दिनका लागि भारत फर्कदैछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.