एभिन्युज संचालक भास्करराज कर्णिकारले घोसणा गरे पाँच चलचित्र


सेलिब्रेटी नेपाल काठमाडौँ
bhaskar-raj-karnikar
नेपाली चलचित्र उद्योगलाइ सरकारी स्तर बाट उद्योगको मान्यता दिनु पर्ने कुरो उठीरहेको अबस्थामा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत भएका एभिन्युज टेलिभिजनका संचालक भास्करराज कर्णिकारले एकै पटक पाँच वटा चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । घोसणा गरिएको पाँच वटै चलचित्र लाइ निर्देशक निश्चल पाण्डेले निर्देशन गर्ने छन् । घोसित पाँच चलचित्र रिंगटा,लामा ला,जोसेफ,पाप पोखरी र देवकोटा रहेको छ ।
राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको घोसणा गरिएको हो उक्त कार्यक्रममा बोल्दै कर्णिकारले नेपाली चलचित्रको बजार र दर्शक सिमित भए पनि आफ्नो कम्पनीले बिदेशी बजारको सम्भावना लाइ खोज्ने कुरा बताए । संचार मन्त्री समेतको उपस्थिति रहेको कार्यक्रम भब्य रुपमा आयोजना गरिएको थियो ।

Copyright © 2012 - 2026 | All Right Reserved.