२३ वटा फिल्म फेस्टिभलमा सहभागी भएको ‘कालो पोथी’ अब नेपालमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र निर्माण गर्ने विभिन्न प्रकारका निर्माता तथा निर्देशकहरु छन् कोहि निर्माता निर्देशक काम भन्दा धेरै मिडिया बाजी गर्छन कोहि भने काममा बिस्वाश गर्छन । यस्तै क्रममा एक नव निर्देशकको चलचित्र ‘कालो पोथी’ले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको बारेमा जानकारी गराऊदै आफ्नो ट्रेलर सार्बजनिक गरेको छ । विदेशका २३ वटा फिल्म फेस्टिभलमा सहभागी भएको तथा भेनिष फिल्म फेस्टिभलमा वेष्ट फिल्मको अवार्ड जितेको चलचित्र ‘कालो पोथी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
Kkalo-pothi
मिनबहादुर भामले निर्देशन गरेको चलचित्र कालो पोथीको सम्पूर्ण छायांकन कर्णालीमा गरिएको हो ‘कालो पोथी’ को ट्रेलरमा भने कालो पोथीलाई सस्पेन्स राखिएको छ । सेतो पोथी र सेतो घोडा अनि द्वन्द्वकालिन परिवेशलाई ट्रेलरमा स्थान दिईएको छ । चलचित्रमा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, वेनिशा हमाल, विपिन कार्कीको मुख्य भूमिका रहेको छ । चलचित्र जेठ २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.