बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौँमा


Sonaxi-sinha-kathmandu
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौँ आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको अमरपक्षी, राइजिङ फ्रम द एसिज नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन् ।सैनिक श्रीमती संघको निम्तोमा उनी राजधानी आएकी हुन्। शनिबार कार्यक्रमा सोनाक्षीसँगै आइटम डान्सर मलाइका अरोराले पनि प्रस्तुती दिनेछन्। भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले सैनिक श्रीमती संघले कार्यक्रमको आयोजना गर्दैछ।कार्यक्रममा अभिनेत्री रेखा थापा, ऋचा शर्मा, निशा अधिकारी, प्रियंका कार्की, इन्दिरा जोशी, सुष्मा कार्की, केकी अधिकारी लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.