श्रुति अश्लिल फोटो सार्बजनिक गर्ने व्यक्तिको खोजीमा


बलिउड नायिका श्रुति हसन आफ्नो अश्लिल तस्वीर सार्वजनिक गर्ने व्यक्तिको खोजीमा जुटेकी छन् । श्रुतिको चलचित्र येवादुको केही तस्वीर अनलाइनमा पोष्ट भएको थियो । चलचित्र येवादुका निर्मातासँग पनि उनी रुष्ट बनेकी छन् । उनका अनुसार चलचित्र निर्माताले यस्ता तस्वीर लिक हुन नदिन भूमिका नखेलेको आरोप लगाएकी छन् । उनले उक्त तस्वीर चाँडो हटाउन पनि अपिल गरेकी छन् । फिल्म युवादुमा श्रुति हसनले ‘पिंपल डिंपल’ बोलको गीतमा आइटम डान्स गरेकी थिइन् । यो गीत सुटिङका क्रममा लिएका केही तस्वीर हटाइएको थियो । उक्त तस्वीर गलत एंगलबाट लिइएको थियो । जसका कारण श्रुतिको पोज निकै उत्तेजक देखिएको थियो ।
Sruti-hasan
अहिले त्यही तस्वीर जानाजान लिक गरेको उनको आरोप छ । तस्वीर सार्वजनिक भएपछि रुष्ट श्रुति उजुरी दर्ता गराउने तयारीमा पनि रहेको बताइएको छ। यो काम अन्जानमा नभएर जानाजान गरिएको उनको ठहर छ। चलचित्र येवादुले बक्स अफिलसमा असर प्रभाव देखाउन सकेको थिएन । हालै श्रुति हसनको चलचित्र रेस गुर्रम रिलिज भएको छ। सोही चलचित्रको प्रवर्द्धन गर्न उक्त चलचित्रका निर्माण पक्षले श्रुतिको यसप्रकारको तस्वीर सार्वजनिक गरेको हुनसक्ने आशंका गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.