बरुण धवनको दुलही बन्दै आलिया भट्ट


बलिउड नायक बरुण धवन र नायिका आलिया भट्टको जोडी चाँडै नै फिल्म ‘हम्प्टी शर्मा की दुल्हनियां’ को सिक्वेलमा देखिने भएका छन् । वरुण र आलिया दुवैले आफ्नो ट्वीटरमार्फत यो कुराको पुष्टि गरेका छन् । धर्मा प्रोडक्सनको यो फिल्मको नाम ‘बद्रीनाकी दुल्हनिया’ हुनेछ, जसको निर्देशन करण जोहरले गर्नेछन् । ‘हम्पटी शर्मा की दुल्हनियां’ ले सन् २०१४ को बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो । ‘हम्टी शर्माकी दुल्हनिया’मा आलिया र बरुणको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।
barun-dhawan-alia-bhattaa
‘बद्रिनाथ की दुल्हनियां’ एक प्रेम कथा हो, जसको कहानी उत्तर प्रदेश वरीपरी घुम्दछ । करण जोहरले आफ्नो फिल्म ‘शुद्धि’ भन्दा अगाडि नै सिक्वेल फिल्मको काम शुरु गरेका हुन् । फिल्मको रिलिज डेट सार्वजनिक गरिएको छैन । तर समाचार अनुसार फिल्म आगामी वर्ष मात्र रिलिज हुनेछ ।