मिस नेपाल २०१३ चैत्र ३ गते हुने



सेलेब्रिटी नेपाल पौष ७- दि हिडन ट्रेजर प्रा.लि ले यसबर्षको “मिस नेपाल २०१३ “प्रतियोगिता यहि २०६९ चैत्र २ गते आयोजना हुने कुरा राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको छ। मिस नेपाल २०१३ यो वर्ष बोटलर्स नेपाल प्रा लिको मुख्य प्रायोजनमा आयोजना हुने भएको छ। “फेन्टा दि हिडन ट्रेजर मिस नेपाल” २०१३ यस प्रतियोगितालाई यसपाली पहिलो पल्ट बोटलर्स नेपालले प्रायोजन गर्ने भएको हो भने अन्य प्रायोजक एबं सहयोगीहरुमा सामसुंग स्मार्ट फोन, श्री पशुपति जेव्लर्स, सुलक्स सेन्टर , नांगलो क्याफे एण्ड दि पब , दि क्रियेटिभ फोटोसेसन स्टुडियो रहेका छन्। छनौटमा परेका प्रतियोगीहरुको लागि बिशेष तालिम दिईनेछ , जसबाट उनीहरुको व्यक्तित्व तथा आत्मबिश्वास बनाउन मदत पुग्नेछ। त्यस्ता तालिमहरु सम्बन्धित क्षेत्रका विशेषज्ञहरुबाट दिईने छ। प्रतियोगीताको अन्तिम दिन प्रतिष्ठित व्यक्तित्वहरुको प्यानलले बिजयीहरुको छनौट गर्नेछन्। बिजयी तीनजनाले नेपालको प्रतिनिधित्व गर्नेछन् साथै WWF र IUCN-NEPALको Brand Ambassador भइ काम गर्ने अवसर पाउनेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.