५० बर्ष कटेका सलमानको बिहे यसै बर्ष हुने पक्का


सेलिब्रेटी नेपाल मुम्बई
भारतीय अनलाइन समाचारलाई मान्ने हो भने बलिउड स्टार सलमान खानले सन् २०१६ भित्रै विवाह गर्नेछन् । भारतको ‘लिडिङ वेबसाइट’ भास्करडटकमले विभिन्न स्रोतलाई उद्धृत गर्दै यो समाचार बनाएको छ र उनकी बेहुली रोमानियाकी मोडल लुलिया वन्तुर बन्ने निश्चित भइसकेको पनि समाचारमा छ । समाचारमा सलमानले यही वर्ष विवाह गर्ने निर्णय गर्नुको कारण आमा सलमा बिरामी हुनु भएको बताइएको छ ।
salman-katrina
आमाले सलमानले घर बसाओस् भन्ने चाहेकाले यस्तो कुरा आएको समाचारमा उल्लेख छ । यसअघि पनि बारम्बार लुलिया–सलमानको सम्बन्धबारे समाचार आइरहन्थे तर, उनीहरूको सम्बन्ध मात्र होइन, विवाहबारे केही समययता सलमानले केही भनेका छैनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.