बन्ने भो भुँइ मान्छे, पोष्टमार्टममा काम गर्ने व्यक्तिको जीवनी


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र निर्माता तथा निर्देशकहरुले आफ्नो चलचित्र लाइ फरक कथा र अरुको भन्दा भिन्दै भन्न छुटाउदैनन् तर फरक बिषय र नौलो कथामा बन्न लागेको चलचित्र ‘भुँइ मान्छे’ को सुक्रबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर घोसणा गरिएको छ । रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सम्राट सापकोटा, प्रविन खतिवडा लगायतका कलाकारलाई लिएर चलचित्र ‘भूइँमान्छे’को शुभ मुहर्त गरिएको छ । निर्देशक तथा कलाकार नीर शाहले चलचित्रको शुभसाइत गरे । पोष्टमार्टममा काम गर्ने एक व्यक्तिको जीवनमा यो चलचित्र आधारित रहनेछ ।
bhui manchhe
जेठ १० गतेबाट चलचित्रको छायांकन सुरु हुने जानकारी उक्त कार्यक्रममा दिइयो । नवराज वुढाथोकीको कथा पटकथा संवाद र निर्देशन रहने यो चलचित्रका कार्यकारी निर्माता रोहिणी भट्टराई हुन् । हरि यादव र तिर्थ बोहोराले चलचित्रमा लगानी गर्नेछन् । चलचित्रमा देवेन्द्र राइको संगीत, विदुर पाण्डेको छायांकन, अष्ट महर्जनको द्वन्द, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।