सेतै फुलेको कपाल लियर बिद्यालय जाँदै आर्यन सिग्देल


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्रमा सफल जोडीका रुपमा रहेको जोडी आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित चलचित्र होमवर्कले आफ्नो प्रचार प्रसार लाइ तिब्रता दिन थालेको छ । मंगलबार राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको गीत तथा ट्रेलर सार्बजनिक पनि गरेको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा उद्धब पौडेलको प्रस्तुति रहेको चलचित्रमा आर्यन सिग्देल दोहोरो भूमिकामा देखिएका छन् ।
aaryan sigdel
निरक पौडेल निर्देशित चलचित्रमा आर्यन सिग्देल पुरै फुलेको सेतो कपालमा बिद्यालय जाँदाको कथा लाइ बिसेष रुपमा प्रस्तुत गरेको बताईएको छ । मंगलबार आयोजित कार्यक्रमा चलचित्रका कलाकार आर्यन सिग्देल,जी.पी.तिमल्सिना निर्देशक निरक पौडेल,निर्माता निकिता पौडेलको उपस्थिति रहेको थियो भने नायिका नम्रता उपस्थित थिइनन् । जेस्ठ ७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र होमवर्क बाट निर्माण पक्ष निकै नै आशाबादी देखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.