नायक रमितको अंगालोमा यसरि बाँधिने को हुन् ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने संदेश देश तथा विदेश सम्म अझ धेरै फैलाउने उदेश्यका साथ निर्माण गरिएको चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’ को गीत सार्बजनिक गरिएको छ ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘बुद्ध वर्न ईन नेपाल’ अमेरिका र नेपालका विभिन्न स्थानमा छायाँकन गरिएको हो । सुरेश अधिकारीको संगीत रहेको गीतमा स्वरुपराज आचार्य र आस्था राउतको स्वर रहेको छ अंगालोमा लुकाई दिउँकि बोलको गीतको छायांकन अमेरिकामा गरिएको छ ।
buddha born in nepal
‘बुद्ध वर्न ईन नेपाल’मा नायक रमित ढुङ्गा, अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा, अमेरिकन कलाकार न्याथ्ली र क्यात्रिन मार्च मुख्य भूमिकामा अभिनय गरेका छन् । जेठ ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा अमेरिकामा पढ्न गएको एक नेपाली युवकले बुद्ध नेपालमा जन्मेको भन्ने कुरा स्थापित गर्न गरेको संघर्षको कथा समावेश गरिएको छ । पश्चिमा देशहरुमा तथा भारतियले समेत शान्तिका दुत गौतम बुद्ध को जन्म स्थलको बारेमा भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित यो चलचित्र निर्माण भएको हो । नायक रमित ढुंगाना चलचित्रका निर्माता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.