लेखक तथा निर्देशक शिबम अर्को चलचित्र निर्देशन गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
shivam adhikari
चलचित्र सुश्री मार्फत निर्देशनमा डेब्यु गरेका लेखक तथा निर्देशक शिवम् अधिकारीले अर्को नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । अन टाइटल चलचित्रलाई गायक सुनिल सिंह ठकुरीले निर्माण गर्न लागेका हुन् । नेवार र ब्राम्हण युवतीबिचको माया प्रेम बिचको कथा यस चलचित्र काठमाडौंमा घटेको एक सत्य घटनामा आधारित रहने छ । जेष्ठको दोस्रोहप्ताबाट छायांकनमा जाने अन टाइटल चलचित्रको लागि अहिले कलाकारको अडिसन चलिरहेको छ ।

चलचित्रमा अभिनय गर्ने कलाकारले अडिसनको लागि निर्माण युनिटसँग सम्पर्क राख्न सक्ने छन् । चलचित्रको लागि १६ बर्ष देखि २२ बर्ष सम्मका कलाकार अडिसन मार्फत छनौट गरिने छ । रियाज म्युजिकको समेत लगानी रहने यस चलचित्रमा दिपक शर्मा, सुनिल सिंह ठकुरी र इन्द्र आरपीको संगीत रहने छ । रामेश्वर कार्कीको छायांकन, रोशन श्रेष्ठको द्वन्द , रामजी लामिछानेको नृत्य यस चलचित्रको कथा निर्देशक अधिकारीको नै रहने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.