हातमा लाग्यो शुन्य संगै रुद्राक्ष



सेलेब्रिटी नेपाल पौष ६ -अहिले जाडोको मौसम संगै नेपाली चलचित्र बजार सुन्य जस्तै बन्न पुगेको छ । जति पनि चलचित्र चले सबैले आफ्नो लगानी सम्म पनि उठाउन सकेका छैनन् । आज सुक्रबार फेरी दुइ नेपाली चलचित्र हल सम्म दर्शक खोज्दै आइ पुगेका छन्  । उपत्यका बाहीरको प्रर्दशन पछि उपत्यकामा भित्रीयको छ हातमा लाग्यो शुन्य भने रुद्राक्ष देश भर एक साथ प्रदर्शन हुँदैछ । हातलाग्यो सुन्यमा अभिनेता राजेश हमालले पहिलो पटक कमेडी अभिनय गरेका छन् ।  हातमा लाग्यो सुन्य लाई बिस्श्व बस्नेतले निमार्ण गरेका छन्। अभिनेता हमालको अलवा कल्पना शाही , सुसिल पोखरेल ,किरण केसी , बिमल अर्यालको चलचित्रमा मुख्य भुमिका रहेको छ । विकास चौधरीको संगीत, राम जनकको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई लोक चन्द्र थापाले छायांकन गरेका छन् ।

चलचित्र रुद्राक्ष सस्पेन्स थ्रीलर चलचित्र भएको निर्माण पक्षले जानकारी गराएको छ । सुनिल थापा , अनु शाह , दिनेश पाख्रिन आदी कलाकारले मुख्य भुमिकामा अभिनय गरेको चलचित्रलाई दिनेश पाख्रीनले नै निर्माण गरेका हुन् । बिकास चौधरीको सगित , शंकर अधिकारी घायलको गित रहेको चलचित्रका सह निर्माता डि बि कार्की रहेका छन् । देशभर प्रर्दशनमा आउन लागेको चलचित्रको बिहीबार अडियो सार्बजनिक पनि भयको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.