दश बर्षे सशस्त्र युद्धको जग मानिने रोल्पाको कथा रोल्पा रोग (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

रोल्पामा घटेको सशस्त्र जन युद्दको कथा बोकेको चलचित्र ‘रोल्पा रोग’ को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्र वैशाख १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छ ।
Rolpa rog
दश बर्षे सशस्त्र युद्धको जग मानिने रोल्पाको सामाजिक कथा समावेश चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् । चलचित्रमा सुशील पोखरेल, शिशिर भण्डारी, जनक घर्तीमगर, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिर रसाईंली, मुकुन्द भुषाल, जोन योञ्जनलगायतले अभिनय गरेका छन् । ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्रको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका छन् ।