फ्राईडे रिलिज एकै नायकको दुइ चलचित्र लक्ष्य संगै भाग सानी भाग


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र उद्योग कहिले अघि बढ्ला झन् झन् पो ओरालो लाग्दै जान लागेको छ । कुनै बेला हल्का आशा देखा पर्छ फेरी उही हुन्छ । बलिउडमा स्टार हरुको चलचित्र दर्शक हरुले कुरेर बसेका हुन्छन मेकर हरुले पनि समय हेरेर चलचित्र प्रदर्शन गर्ने गर्छन ।नेपाली उद्योगमा एकै नायकको दुइ चलचित्र एकै दिन प्रदर्शनमा आउँछ अनि दर्शकले आफ्नो मन पर्ने हिरो भए पनि दुइ वटा सिनेमा एकै साता कसरि हेर्ने समय मिलाउनु ?
nepali movie laskhya
यो हप्ता यस्तै भएको छ । नायक सबिन श्रेष्ठ अभिनित दुइ चलचित्र एकै साथ प्रदर्शनमा आएका छन् चलचित्र लक्ष्य र भाग सानी भाग । चलचित्र लक्ष्यमा सबिनको साथमा नायिका अनु शाह र सारिका के.सी.को अभिनय रहेको छ भने भाग सानी भाग मा सबिन र नायिका केकीको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.