विराज भट्टको कम ब्याक पर्शुराम सफल होला त ?


सेलिब्रेटी नेपाल काठमाडौँ
कुनै बेलाका चल्तीका नायक बिराज भट्ट उनलाई चलचित्रको अफर राम्रै थियो उनका चलचित्र सफल पनि हुन्थे तर पनि उनि धेरै पैसा कमाउने धुनमा भोजपुरी चलचित्र तिर लागे केहि बर्षको अन्तरालमा उनि फेरी नेपाली चलचित्रमा आउने भएका छन् ।
नेपाली सिनेमामा एक समय निक्कै जमेका नायक विराज भट्ट करिव ५ वर्ष यता नेपाली सिनेमामा देखा परेनन् । अब भने नायक विराजका फ्यानका लागि खुशीको खबर छ विराज फेरि नेपाली पर्दामा फर्किएका छन् । रोज राणाले निर्माण तथा निर्देशन गर्ने नेपाली चलचित्र ‘पर्शुराम’ नायक विराज भट्ट मुख्य भूमिकामा देखिने भएका छन् ।
biraj bhatta parashuram
एक्शनप्रधान चलचित्र ‘पर्शुराम’निर्देशन गरेर सिने नगरिमा निर्देशकका रुपमा देखा पर्न लागेका रोजले आफूले नेपाली दर्शकको मनोविज्ञान बुुझेरनै नेपाली चलचित्र निर्माण तथा निर्देशनमा हात हालेको बताउँदै चलचित्र पुर्णत मसलेदार बन्ने दाबी पनि गरे । यस चलचित्रमा बिराजको जोडीका रुपमा नायिका निशा अधिकारीले अनस्कृन रोमान्स गर्नेछिन् ।चलचित्रमा एनबी महर्जनको द्वन्द्व मौनता श्रेष्ठको कथा रहेको छ । चलचित्रलाई रोजले अष्ट्रेलियामा बस्दै आएका मिलन श्रेष्ठसँग संयूक्तरुपमा निर्माण गर्न लागेका हुन् । nepali movie parashuram