“हिरो” को हिरो बन्दै नायक सबिन श्रेष्ठ


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलाचित्र नगरीमा सफल नायकको रुपमा स्टाब्लिश भएका नायक सबिन श्रेष्ठले दुई वर्ष देखि पेनडिंगमा राहेको आफ्नो प्रोजेक्ट “हिरो” निर्माण गर्ने भएका छन । हिरो आगामी बैशाखको दोश्रो साता बाट छायांकनमा जाने भएको छ । एक्सन फिल्म “हिरो” लाई नायक सबिन श्रेष्ठले सबिन फिल्म्सको ब्यानरमा समिर मियाको निर्देशनमा निर्माण गर्ने घोषणा गरेका हुन् । यसै अनुरुप चलाचित्रको निर्माण अगाबै फस्ट लुक पनि सार्बजानिक गरिएको छ ।

sabin hero १० बर्ष अघि छविराज प्रोडक्सनमा निर्माण भएको फिल्म “हिरो” मा नायिका रेखा थापाले डेब्यु गरेकी थीईन् यस फिल्म “हिरो”मा भने अहिले नायिका फिक्स नभएको बताए निर्देशक समिर मियाले । छबि राज प्रोडक्सन कै नायक सविनले फिल्म “हिरोमा” को संगको जोडी भएर देखा पर्ने हो त्यो हेर्नको लागी भने केहि समय नै पर्खनु पर्ने हुन्छ , यद्दपी निर्माण युनिटले जानकारी दिए अनुसार चलचित्रका अन्य कलाकारहरु पनि केहि समय पछी सार्बजनिक गर्ने बताए निर्देशक समिर मियाले ।
सबिन श्रेष्ठको प्रस्तुतिमा निर्माण गरिने यस चलचित्रमा नवराज शर्माको मुख्य सहायक निर्देशन र शिबम अधिकारीको कथा , पटकथा तथा सम्बाद रहेको छ .फिल्ममा सहदेम गौतम र अमन मियाको लगानी रहने बताए निर्माता सहदेब गौतमले । स्मरण रहोश बेल्जियम निवासी सहदेब गौतमले यस अघि फन्को र भाग सानी भाग निर्माण गरिसकेका छन् , भाग सानी भाग चैत्र ५ गते देखि देशै भर प्रदर्शनमा आउने भएको छ । भाग सानी भागमा केकी संग सबिन मुख्य भूमिकामा देखा परेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.