‘नाई नभन्नू ल ४’ को शिर्ष गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
ब्यबसायिक रुपमा सफल बनेको ‘नाई नभन्नू ल’ को चौंथो सिक्वेल चलचित्र ‘नाई नभन्नू ल ४’ को शिर्ष गीत सार्बजनिक गरिएको छ । यस अघि चलचित्रमा समाबेस ‘मैनाराजा मैनारानी’ र ‘चियाकफी’बोलको गीत सार्बजनिक गरिएको थियो । सार्बजनिक गरिएको शिर्ष गीतमा मोडलदय बर्षा राउत र पल शाहलाई फिचरिङ गरिएको छ । उक्त गीतमा निर्देशक स्वयम् बिकास आचार्यको शब्द,राजेश पायल राई र रजिना रिमालको स्वर रहेको छ ।
nai na bhannu la 4
भिडियोमा कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् । निर्देशक आचार्य स्वयंको कथामा निर्मित चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत देख्न सकिन्छ । दिनेश पोखरेल र हरिबोल भण्डारी निर्माता रहेको चलचित्र देखी पल र बर्षाले डेब्यु गर्न लागेका हुन् । चलचित्रमा पल र बर्षा सहित प्रियंका कार्की,अनुभब रेग्मी,आंचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.