बन्ने भो चलचित्र बन्ठे मन्त्रीले गरे मुहर्त


सेलिब्रेटी नेपाल काठमाडौँ
अल्पसङ्ख्यक माझि समुदायका मानिसहरुलाई कथाको केन्द्रबिन्दुमा राखेर निर्माण गरिने नेपाली चलचित्र ‘बन्ठे’ को सूचना तथा संचार मन्त्री शेरधन राईले एक भब्य समारोहका बीच यहि काठमाण्डौमा नरिवल फुटाएर शुभ मुहुर्त गरेका छन् । चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

युवा निर्देशक भोमन कटुवालको निर्देशनमा निर्माण गरिने उक्त चलचित्रमा संचिता लुँईटेल, उमेश शिवाकोटी,मनिष भण्डारी, परि शाक्य, किरन संखर लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ । कलाकारहरुले कथालाई न्याय गर्न सक्ने खालको अभिनय गर्नेमा कार्यक्रममा उपस्थित बिशेष अतिथि नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले आशा ब्यक्त गरेक थिए । यु.बी. फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रले नेपाली चलचित्र जगतमा घट्दै गएको नेपाली मौलिकता र वास्तविकतालाई सम्बोधन गर्ने खालका चलचित्रको अभावलाई पुर्ति गर्ने चलचित्रकी कार्यकारी निर्माता दुर्गा घिमिरे शिवाकोटीले बताईन ।

banthe nepali movieयो चलचित्र निर्माणमा खगेन्द्र फूँयल, बिशाल प्रसाद अधिकारी र शारदा खड्का समेत छ्न । चलचित्रमा राजु किँरातीको द्वन्द, देव खड्काको नृत्य, रमेश कोईराला र डि.पि. गुरुङको सङ्गीत छ भने फिल्मलाई अनिल कुमार महर्जनले सम्पादन गरेका छन ।
नेपालका पुर्वी क्षेत्र खासगरी कोशी नदीको किनारामा बसोबास गर्ने माझि समुदायलाई प्रतिनिधित्व गर्ने भएकोले यसको छायांकन समेत उदयपुर र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुमा गरिने छ जसको जिम्मा छायाँकार बिजय बस्नेतले पाएका छन । आगामी फागुन २२ गतेबाट छायांकन सुरु हुने बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.