बन्यो सहमति पत्र तोडियो अनसन



सेलेब्रिटी नेपाल पौष ६ -राष्ट्रिय चलचित्र बचाऊ अभियानको नारा लिएर गत चार दिन देखि आमरण अनसनमा उत्रिएका तीन फिल्मकर्मीको अनसनलाई सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले जुस ख्वाएर स्थगित गराएका छन् ।
बिगत चार दिन देखि अनसनरत चलचित्रकर्मीहरुले बुधबार गठन गरेको राष्ट्रीय चलचित्र संरक्षण् मञ्च र संचार मन्त्रालय बिच चलचित्र कर्मीहरुले उठाएको मागको बिषयमा सकारात्मक बार्ता भए पछि चलचित्र कर्मीहरुको अनसन तोडिएको हो। चलचित्र बिकास बोर्डले पनि धेरै माग पूरा गर्न सक्ने भन्दै मन्त्री यादवले बोर्डमा अध्यक्ष तत्काल नियुक्त गर्ने बताएका छन्। अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट चलचित्रकर्मीहरुले नै रोजेको व्यक्तिलाई बोर्डमा नियुक्त गर्ने सञ्चारमन्त्रीले बार्तामा बताएका थिए । चलचित्र बिकास बोर्डलाई स्वायत्त बनाउने, बोर्डमा अध्यक्ष नियुक्त गर्दा चलचित्र क्षेत्रकै व्यक्ति हुनुपर्ने, नेपाली चलचित्रलाई अग्रस्थानमा राखी विदेशी चलचित्रलाई कोटा प्रणाली अनुसार प्रदर्शनमा ल्याउनुपर्ने, बक्स अफिस केन्द्रीय संरचना निर्माण् गरी तत्काल लागू गर्नुपर्ने, कुनै पनि स्वदेशी तथा विदेशी उत्पादनहरुको नेपालबाट प्रशारण् तथा प्रचार हुने विभिन्न श्रब्य दृश्यमा नेपाली जनशक्ति अनिवार्य गर्नुपर्ने, चलचित्र सेन्सर बोर्ड चलचित्रकर्मीको नेतृत्वमा गठन गर्नुपर्ने, चलचित्र सेन्सर बोर्डको आचारसंहिता निर्माण् गरी लागु गर्नुपर्ने लगायतका मागहरु सहमती भएको छ । संचार मन्त्रि र राष्ट्रीय चलचित्र संरक्षण् मञ्च को तर्फ बाट निर शाहको हस्ताक्ष्यर गरि सहमति पत्र पनि तयार भयको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.