फागुन १४ गतेबाट खुर्पा


सेलिब्रेटी नेपाल काठमाडौँ
पुरुषले आफुमाथि कुनै पनि नराम्रो काम गर्न खोजे भने त्यसको प्रतिकारको माध्यम खुर्पा हो भन्ने सन्देश बोकेको चलचित्र ‘खुर्पा’ निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रले राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर र ‘झमझम’ बोलको गीत सार्वजनिक गरेको छ । आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा हस्त लिवाङ्गको लगानी र किशोर सुब्बाको कथा, लेखन तथा निर्देशन छ ।khurpa-nepali-film
विराज आङदेम्वे, विशाल थेवे, पदम चोङवाङ यसका सह निर्माता रहेको फिल्ममा सविन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लिवाङ, राजु घिमिरे, अप्सरा शेर्पा र युवराज लामाको अभिनय छ । चलचित्र का निर्देशक सुब्बाले गाउँघरमा अझै पनि महिलाहरुले आफ्नो आत्मरक्षाका लागि खुर्पा बोक्ने प्रचलन रहेकाले त्यसैलाई कथात्मक रुपमा प्रस्तुत गरेको बताए । चलचित्रमा निरज कुमारको गीत तथा संगीत, समीर मियाँको सम्पादन, शंकर महर्जनको एक्सन, गोविन्द राइको नृत्य, कुमार बखतीको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.