दुर्गाको दोश्रो गीतिसंग्रह ऐना सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
गायिका दुर्गा परियारकोले दोस्रो गीतिसंग्रह ऐना बजारमा ल्याएकी छिन । छायाँछवि क्रियशनको आयोजनामा राजधानीमा सम्पन्न एक कार्यक्रमको बीच ऐनालाई सार्वजनिक गरिएको हो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथि अभिनेत्री बसुन्धरा भुसाल थिइन् भने निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, नाचघरका महाप्रबन्धक राजेश थापा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, रेडियो नेपालका उपनिर्देशक एवं संगीतकार टीका भण्डारी, संगीतकार राजु सिंह, गीतकार राजेन्द्र थापा, संगीतकार सुरेश अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो ।
durga-pariyar
उपस्थित सम्पूर्णले ऐनाको तारिफ गर्दै दुर्गाको सरलताको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा गायिका दुर्गा परियारको श्रीमान मुन्ना बहादुर गुरुङको एउटा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो भने ऐना गीतिसंग्रह भित्रको ऐना हेरेरै बोलको म्यूजिक भिडियो पनि उपस्थितले हेरेका थिए । गीतिसंग्रहमा ६ वटा गीतहरु समावेश गरिएको छ ।म त हजुर, छचल्कियो, ऐना हेरेरै, किन हुन्छ्यौ ठूली, छातिमाथि शिर, नाइँ नाइँ भन्दा भन्दैजस्ता गीत रहेका छन् । रमेश बिजी, भुपेन्द्र खड्का, यमन सुवेदी, वसन्त सापकोटा, राजुबाबु श्रेष्ठ, राजेन्द्र थापाको शब्दरचना रहेको छ भने सुरेश अधिकारी, राजु सिंह, महेश खड्का, वसन्त सापकोटा, हरि लम्साल, आशिष अबिरलको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.