देशले माग्दैन दिनु पर्छ चितवनमा बिशेष शो सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ
रिमेश अधिकारीले निर्माण गरेको लघु चलचित्र ‘देशले माग्दैन दिनु पर्छ’को नारायणघाटको सिम्याक्स हलमा विशेष सो सम्पन्न भएको छ । चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बसन्त कुवरको प्रमुख अथिती रहेको सो चलचित्र हेर्न विभिन्न संघ सस्था, समाजसेबी, स्कुल कलेजका प्रिन्सिफल ,उधोगी ,विभिन्न लायन ,लियो क्लब प्रमुख ,पत्रकार लगायत को बाक्लो उपस्थिती रहेको थियो । देश भक्ती तथा नेपालको इतिहास लाई चलचित्रको माध्यम बाट देखाउने प्रयासमा रिमेश अधिकारी तथा शिवम अधिकारी सफल भएका छन ।
desh-le-magdain
नेपाल के थियो कस्तो थियो हाम्रा वीर पुर्खाले देशको लागि के के योगदान दिएका थिए र आजको अबस्था के छ यो चलचित्रले देखाएको छ। चलचित्र हेर्न आएका धेरै यस चलचित्रले मन छोएको भन्दै आफ्नो संघ सस्था तथा स्कुल कलेजमा यसलाई प्रदर्शन गर्न समेत आग्रह गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.